आईपीएलमा कोलकाताको पाँचौँ जित, मुम्बई पराजित

राष्ट्रपाटी न्युज

२७ बैशाख २०७९

काठमाडौं । मुम्बई इण्डियन्सलाई ५२ रनले पराजित गर्दै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पाँचौँ जित निकालेको छ ।

सोमबार राति कोलकाताले दिएको १६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै जम्मा ११३ रन मात्र बनायो ।

मुम्बईका इशान किशनले सर्वाधिक ५१ रन बनाए । यस्त केइरन पोलार्डले १५ रनको योगदान गरे । कोलकाताका प्याट कमिन्सले ३ विकेट लिए ।

यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभर ९ विकेट गुमाएर १६५ रनक योगफल तयार पारेको थियो ।

कोलकाताका नितिश राना र भेन्काटेस एयरले समान ४३ रन बनाए । अजिन्का रहानेले २५ रनको योगदान गरे । मुम्बईका जस्प्रित बुम्राहले ५ विकेट लिए ।

जितसँगै कोलकाता १२ खेलबाट १० अंक जोडेर सातौँ स्थानमा छ । मुम्बई ११ खेलमा ४ अंक जोडेर पुछारमा छ ।


Published :२७ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media