स्थानीय तह निर्वाचनले देशको आगामी दिशा तय गर्ने एमाले अध्यक्ष ओलीको विश्वास

राष्ट्रपाटी न्युज

२७ बैशाख २०७९

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनले देशको आगामी दिशा तय गर्ने बताएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनले देशको आगामी दिशा तय गर्ने बताएका हुन् ।

‘स्थानीय तह निर्वाचनले सरकार बनाउँदैन, प्रदेश सरकार बनाउँदैन,’ उनले भने, ‘तर, देशको आगामी दिशा तय भने गर्छ ।’

एमालेको जित सुनिश्चित भइसकेको दाबी गरेका ओलीले निर्वाचनको तयारी सकिएको र अब नतिजाको पर्खाइमा रहेको बताए ।


Published :२७ बैशाख २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media