मतपत्र आँखाबाट ओझेल पर्न नदिन कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको निर्देशन

राष्ट्रपाटी न्युज

२७ बैशाख २०७९

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा एमालेले धाँधली नगर्ने बताएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेले निर्वाचन आँधली नगर्ने भन्दै निर्वाचन आयोगसहित प्रहरीलाई आ–आफ्नो कर्तव्य पूरा गर्न आग्रह गरे ।

अरु पार्टीले धाँधली गर्न सक्ने आशंका गर्दै ओलीले मतदान सकिएपछि मतपत्रलाई आँखाबाट ओझेल पर्न नदिन कार्यकर्तालाई निर्देशन दिए ।

आफ्ना नेता कार्यकर्तामाथि आक्रमण भइरहेको भन्दै उनले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुनेमा सत्तारुढ गठबन्धनसहित सरकारी संयन्त्रमाथि आशंका उब्जाए ।


Published :२७ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media