पूर्वमुख्यमन्त्री गुरुङले आचारसंहिताविपरीत भोट मागे

राष्ट्रपाटी न्युज

२८ बैशाख २०७९

पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन आचारसंहिताविपरीत पार्टीलाई भोट मागेका छन् ।

आफ्नो आधिकारिक फेसबुक पेजमा बुधबार बिहान ८ः१० बजे आफ्नै भिडियो सेयर गर्दै उनले निर्वाचन आचारसंहिताविपरीत भोट मागेका हुन् । मंगलबार मध्य राति १२ बजेबाट मौन अवधि सुरु भइसकेको अवस्थामा उनले भोट मागेका हुन् ।


Published :२८ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media