डोटीको पूर्वीचौकीमा बस दुर्घटना, २५ जना घाइते

राष्ट्रपाटी न्युज

२९ बैशाख २०७९

धनगढी । डोटीको पूर्वीचौकी गाउँपालिका-४ सानागाउँमा बस दुर्घटना हुँदा कम्तीमा २५ जना घाइते भएका छन् ।

कैलालीको धनगढीबाट बाजुराका लागि छुटेको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भोलाप्रसाद भट्टका अनुसार घाइतेमध्ये पाँचजनालाई अस्पताल पुर्‍याइएको छ । कम्तीमा २५ जना घाइते भएको र अन्यलाई पनि अस्पताल ल्याउन थालिएको भट्टले बताए । दुर्घटनाको कारण खुल्न सकेको छैन ।


Published :२९ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media