एमाले इलामका अध्यक्षका उम्मेदवार प्रहरी नियन्त्रणमा

राष्ट्रपाटी न्युज

२९ बैशाख २०७९

इलाम । इलामका नेकपा (एमाले) सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार राति गाउँपालिकाको वडानम्बर ५ को जमुनामा पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोप लागेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।  उनीसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत प्रहरीले नियन्त्रण लिएको छ ।

मौन अवधिमा दुवैजना प्रचार–प्रसारको काममा लागेको स्थानीयले आरोप लगाई स्थानीयवासीले होहल्ला गर्दै लखेट्न थालेपछि सुरक्षाका लागि दुवै उम्मेदवारलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने देखिएपछि सुरक्षाका लागि नियन्त्रणमा लिएको जानकारी दिए ।


Published :२९ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media