निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा नेकपा बहुमतका नेता बास्तोला पक्राउ

राष्ट्रपाटी न्युज

२९ बैशाख २०७९

दाङ । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । प्रहरीले उनलाई दाङको भालुवाङबाट पक्राउ गरेको हो । उनीसहितको टोली पोखराबाट नेपालगन्ज जाँदै गर्दा भालुवाङबाट पक्राउ परेको हो ।

नेता बास्तोलालाई दाङ प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छाडेको छ । उनलाई देउखुरीको भालुबाङबाट आज बिहान नियन्त्रणमा लिएको र सामान्य सोधपुछ गरेर छाडिएको प्रहरीले जनाएको छ ।

बास्तोला निर्वाचन बहिस्कारको पक्षमा रहेको र उनका कार्यकर्ताहरुले विभिन्न स्थानमा निर्वाचन विरोधी गतिविधि गरेको रिपोर्टिङ प्रहरीमा आएकाले सोधपुछ गरेको प्रहरीले जनाएको छ । दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बास्तोलालाई सोधपुछ गरेर छाडेको जानकारी दिए ।


Published :२९ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media