धर्मेन्द्र पक्राउ परेपछि बहुमत पार्टीले भन्यो- सशस्त्र बहिस्कारको नीति छैन, अबिलम्ब रिहा गरियोस्

राष्ट्रपाटी न्युज

२९ बैशाख २०७९

काठमाडौं । नेकपा बहुमत पार्टीले स्थानीय तहको निर्वाचनमा विस्फोटनजन्य तथा सशस्त्र बहिस्कारको नीति नरहेको बताएको छ ।

संयोजक धर्मेन्द्र बास्तोलालाई दाङ प्रहरीले पक्राउ गरेपछि पार्टीका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश वलीले विज्ञप्ति जारी गर्दै प्रष्टिकरण दिएका हुन् ।

स्थानीय चुनावमा भाग नलिने नीति रहे पनि विस्फोटनजन्य तथा सशस्त्र बहिस्कारको नीति नरहेको वलीले दाबी गरेका छन् ।

बुधबार साँझ मात्र बुटवलमा बम विस्फोट भएको थियो । पोखराबाट नेपालगन्ज जाँदै गरेका बास्तोला पक्राउ परेका थिए ।

तर, बहुमत पार्टीले बम विस्फोटनमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको पनि बताएको छ ।

स्थानीय तहको चुनावको पूर्वसन्ध्यामा उनी पक्राउ परेका हुन् । चुनाव शुक्रबार हुँदैछ ।

कञ्चनलाई  अबिलम्ब रिहा गर्न ओलीको माग

यसैबीच नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ले पार्टी संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई रिहा गर्न माग गरेका छन् ।

कञ्चनलाई प्रहरीले नियन्त्रणमा लिनुलाई उनले सुनियोजित षड्यन्त्र भनेका छन् ।

‘कञ्चन पोखरामा प्रशिक्षण सकी बाँकेस्थित घरमा जाँदै गर्दा बुटवलमा विस्फोट गराइनु, उहाँलाई गिरफ्तार गर्नु सुनियोजित षड्यन्त्र रहेको कुरा स्पष्ट छ’, बिहीबार बिहान जारी विज्ञप्तिमा भनिएको छ ।

कञ्चनको तुरुन्त रिहा गर्न माग गर्दै उनले रिहा नगरिएको अवस्थामा देशव्यापी रूपमा सङ्घर्ष गर्ने चेतावनी दिए । उनले विज्ञप्तिमा पार्टीको नीति निर्वाचन बहिस्कार गर्ने भए पनि विस्फोट गर्ने र सशस्त्र बहिस्कार गर्ने नभएको स्पष्ट पारेका छन् । उनले बुटवल घटनाप्रति पार्टीले जिम्मा लिएको पनि उल्लेख गरे ।


Published :२९ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media