पूर्वसांसद भिमबहादुर श्रेष्ठसहित पाँच नेता-कार्यकर्तालाई कांग्रेसले ग-यो निलम्बन

राष्ट्रपाटी न्युज

२९ बैशाख २०७९

काठमाडौं । नेपाली कांग्रेसले पाँच दलीय गबठन्धनविरुद्ध क्रियाकलाप गरेको भन्दै चितवनको भरतपुर नगरपालिकाका आफ्ना पाँचजना नेता तथा कार्यकर्तालाई कारवाही गरेको छ ।

कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई तत्काल लागू हुनेगरी पार्टी सदस्यबाट निलम्बन गरेको जनाएको छ ।

कांग्रेसले कारवाही गरेका भरतपुरका पाँचजना नेता कार्यकर्तामा पूर्व सांसद भिम बहादुर श्रेष्ठ, नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, नेपाल तरुण दल चितवनका पूर्व जिल्ला सचिव आनन्दराज राउत र क्रियाशील सदस्य डा. केशव पौडेल रहेका छन् ।

विज्ञप्ति अनुसार कांग्रेस जिल्ला कार्यसमिति चितवनले उनीहरु कांग्रेसको केन्द्रीय निर्देशन एवं पाँच दलीय गठबन्धनका उम्मेदवारहरुका विरुद्धमा सक्रिय रही पार्टीको विधान र अनुशासनभन्दा बाहिर रहेर कार्य गरेको हुँदा तत्काल लागू हुनेगरी पार्टी सदस्यबाट निलम्बन गर्न सिफारिस गरेको थियो । सोही अनुसार पार्टीले उनीहरुलाई निलम्बन गरेको विज्ञप्तिमा जनाइएको छ ।


Published :२९ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media