चलखेल गर्नेको पहिचान गरी सम्बन्धित निकायमा खबर गर्न एमाले अध्यक्ष ओलीको अनुरोध

राष्ट्रपाटी न्युज

२९ बैशाख २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मौन अवधिमा मतदातालाई सम्बोधन गर्दै चलखेल गर्नेको पहिचान गरी सम्बन्धित निकायमा खबर गर्न अनुरोध गरेका छन् ।

‘मौन अवधि चलिरहेको छ । यो समयमा मतदाता भड्काउन अनेक चलखेल हुन सक्छ, त्यस्ता कार्य गर्ने सबैलाई प्रतिवाद गरी तिनको पहिचान गरी सम्बन्धित निकायमा खबर गर्नुहोला,’ ओलीले एमालेको आधिकारिक फेसबुक पेजमार्फत् भनेका छन् ।

उनले सबैलाई मतदान प्रक्रियामा सहभागी हुन पनि अनुरोध गरेका छन् ।

‘समृद्ध नेपाल सुखी नेपालीका लागि सबै सभ्य नागरिक मतदान प्रकृयामा सहभागिता हुनुहोला,’ ओलीले भनेका छन् ।


Published :२९ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media