सुरक्षित भविष्यका निम्ति मतको सदुपयोग गर्न रामचन्द्र पौडेलको अपिल

राष्ट्रपाटी न्युज

२९ बैशाख २०७९

काठमाडौं ।  नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सुरक्षित र राम्रो भविष्यका लागि आफ्नो मतको सदुपयोग गर्न अपिल गरेका छन् ।

शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधि कायम रहेका बेला बिहीबार दिउँसो १२ बजेर ४१ मिनेटमा आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् नेता पौडेलले मतको सदुपयोग गर्न अपिल गरेका हुन् ।

‘निर्वाचन लोकतन्त्रको सुनौलो अवसर पनि हो । राम्रो र सुरक्षित भविष्यका निम्ति आफ्नो मतको सदुपयोग गरौं,’ उनले अपिलमा भनेका छन् ।

स्थानीय तह निर्वाचन शुक्रबार हुँदै छ । शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ जेसम्म मतदानको समय तोकिएको छ । मंगलबार मध्य राति १२ बजेबाट मौन अवधि सुरु भएको छ ।


Published :२९ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media