निर्वाचनको सम्पूर्ण तयारी पूराः निर्वाचन आयोग

राष्ट्रपाटी न्युज

२९ बैशाख २०७९

काठमाडौं । भोलि हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

बिहीबार आयोगले पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको भन्दै ढुक्क भएर मतदान गर्न मतदातालाई अपिल गरेका छन् ।

‘निर्वाचनको तयारी सबै पूरा भइसकेको छ। शान्तिपूर्ण रुपमा मतदान गर्ने वातावरण मिलाइएको छ ’ उनले भने ।

प्रलोभन र प्रभावमा नपर्न मतदातालाई निर्वाचन आयोगको आग्रह

निर्वाचन आयोगले शुक्रबार हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कसैको पनि प्रलोभन र प्रभावमा नपर्न मतदातालाई आग्रह गरेको छ।

बिहीबार  आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ढुक्क भएर निर्वाचनमा सहभागी हुन मतदातालाई आग्रह गरेका हुन् । ‘कसैको पनि लोभ लालच, प्रलोभन र आश्वासनमा नपरी आफ्नो विवेकको मत सही ठाउँमा प्रयोग गर्न आह्वान गर्दछु,’ उनले भने ।

मतदातालाई पद, पैसा र पहुँचबाट प्रभावित नभइ मतदान गर्नका लागि थपलियाले आग्रह गरेका छन् । मन परेको उम्मेदवारलाई मतपत्र बदर नहुने गरी निर्धक भएर मतदान गर्न उनले आग्रह गरे ।

थपलियाले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको भन्दै ढुक्क भएर मतदानमा भाग लिन आग्रह गरे ।


Published :२९ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media