आज स्थानीय तह निर्वाचन, मतदाता परिचयपत्र नभए अन्य सरकारी कागजातले पनि मतदान गर्न सकिने

राष्ट्रपाटी न्युज

३० बैशाख २०७९

काठमाडौं । आज स्थानीय तहको निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

कूल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगमा सूचीकृत मतदाताले मतदाता परिचय पत्र नभए अन्य सरकारी कागजातले मतदान गर्न सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

निर्वाचनमा पुरुष मतदाता ८९ लाख ९२ हजार १० जना र महिला मतदाता ८७ लाख ४१ हजार ५३० जना रहेका छन् ।

६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्थानीय तहमा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार ३५ हजार २२१ जना निर्वाचित हुनेछन् ।

आयोगका अनुसार देशभर १० हजार ७५६ मतदानस्थल रहेका छन् भने २१ हजार ९५५ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।

निर्वाचनमा १ लाख ०९ हजार ०८८ हजार कर्मचारी तथा ६५ हजार ८६५ स्वंसेवक खटिनेछन् भने ५ हजार पर्यवेक्षक हुने आयोगले जनाएको छ ।


Published :३० बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media