देशैभर मतदान कार्य सुरु, मतदान केन्द्रमा भिडभाड बढ्यो

राष्ट्रपाटी न्युज

३० बैशाख २०७९

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि मतदान सुरु भएको छ ।

देशैभरि रहेका मतदान केन्द्रमा बिहान ७ बजेवाट मतदान सुरु भएको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदानका लागि मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता छ ।

यस पटकको निर्वाचनका लागि कूल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगमा सूचीकृत मतदाताले मतदाता परिचय पत्र नभए अन्य सरकारी कागजातले मतदान गर्न सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

निर्वाचनमा पुरुष मतदाता ८९ लाख ९२ हजार १० जना र महिला मतदाता ८७ लाख ४१ हजार ५३० जना रहेका छन् ।

६ महानगरपालिका ११ उपमहानगरपालिका २७६ नगरपालिका र ४६० गरि ७५३ स्थानीय तहमा निर्वाचन हुने निर्वाचन आयोगले जानएको छ ।आयोगका अनुसार ३५ हजार २२१ जना निर्वाचित हुने छन् ।

आयोगका अनुसार देशभर १० हजार ७५६ मतदानस्थल रहका छन् भने २१ हजार ९५५ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।

निर्वाचनमा १ लाख ०९ हजार ०८८ हजार कर्मचारी तथा निर्वाचमा ६५ हजार ८६५ स्वंसेवक खटिने छन् भने ५ हजार पर्यवेक्षक हुने आयोगले जनाएको छ ।


Published :३० बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media