एमाले प्रमुख सचेतक भट्टराईले भने- निर्वाचनको परिणाम सुखद् आउनेछ

राष्ट्रपाटी न्युज

३० बैशाख २०७९

काठमाडौ‌ं । प्रमुख विपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले दसौ‌ंँ पटक मतदान गरेका छन् । गाउँकै भगवती दिनानाथ मावि केन्द्र खोटाङ पुगेर भट्टराईले मतदान गरेका हुन् । उक्त विद्यालयमा उनी अध्धयन गरेका थिए ।

मतदानपछि उनले भनेका छन्-गणतन्त्र प्राप्तिपछिको दोस्रो स्थानीय तहको निर्वाचनमा सुयोग्य जनप्रतिनिधि छनोटका लागि मतदान गरियो ।

मतदान गरेको १० ‌‌औं पटकमा ६ पटक सूर्य चिह्नका उम्मेदवारले निर्वाचन जितेको र तीन पटक भने हारेको भट्टराईले बताए । उनले यस पटक निर्वाचनको परिणाम सुखद् आउने पनि दाबी गरे ।


Published :३० बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media