अपरान्ह दुई बजेसम्म देशभर ४१ प्रतिशत मत खस्यो

राष्ट्रपाटी न्युज

३० बैशाख २०७९

काठमाडौं ।  निर्वाचन आयोगले अपरान्ह दुई बजेसम्म देशभर करिब ४१ प्रतिशत मत खसेको जनाएको छ ।

आज कपिलवस्तुको महाराजगन्ज नगरपालिका र दाङको तुल्सिपुर उपमहानगरपालिका वडा नं।१७ बाहेकका सबै स्थानीय तहमा एकसाथ र्निवाचन भइरहेको छ ।

स्थानीय तह निर्वाचन अन्तर्गत १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदानकेन्द्रमा विहान ७ बजेदेखि मतदान भइरहेको छ ।

आयोगले छिटफुट घटनाबाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ ।


Published :३० बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media