कुनै पनि मतदान केन्द्रको मतदान हालसम्म स्थगित भएको छैनः प्रमुख निर्वाचन आयुक्त

राष्ट्रपाटी न्युज

३० बैशाख २०७९

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले हालसम्म कुनै पनि मतदान केन्द्रमा मतदान कार्य स्थगित नभएको बताएका छन् ।

‘केही मतदान केन्द्रमा सामान्य विवादका कारण मतदान रोकिएर सुचारु हुनेक्रम जारी छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भनेका छन्, ‘कुनै पनि मतदान केन्द्रमा मतदान कार्य हालसम्म स्थगित भएको छैन ।’

उनले देशभर स्थानीय तह सदस्य निर्वाचनमा उत्साहपूर्वक मतदान भइरहेको जनाएका छन् ।

‘अहिलेसम्म केही स्थानमा छिटफुट घटना बाहेक देशभर स्थानीय तह सदस्य निर्वाचनमा शान्तिपूर्ण तथा उत्साहपूर्वक रुपमा मतदान भइरहेको छ,’ उनले भने ।

आज एकसाथ देशका सबै ७५३ वटा स्थानीय तहमा निर्वाचन भइरहेको छ । आज विहान ७ बजेबाट मतदान सुरु भएको हो । मतदान बेलुकी ५ बजेसम्म चल्नेछ ।


Published :३० बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media