काठमाडौं र भरतपुरमा बिहान ८ बजेदेखि मतगणना सुरु हुँदै

राष्ट्रपाटी न्युज

३१ बैशाख २०७९

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना केही जिल्लामा सुरु भएको छ भने केहीमा अहिले बिहान ७ बजेदेखि सुरु हुने भएको छ । काठमाडौं र भरतपुर महानगरपालिकामा आज बिहान ८ बजेदेखि मतगणना हुने भएको छ । त्यस्तै , ललितपुरमा अहिले बिहान ७ बजेदेखि मतगणना सुरु हुने भएको छ ।

उता विराटनगर महानगरमा भने बिहान ८ बजेपछि मात्र मतगणना हुने भएको छ । सर्वदलीय बैठकपछि गणना सुरु गरिने भएको हो ।
हेटौंडा उपमहानगरमा बिहान ७ बजेदेखि मतगणना हुने भएको छ ।

चितवनको कालिका र माडी नगरपालिकामा मतगणना जारी छ । त्यसैगरी स्याङ्जाको गल्याङ नगरपालिका र फेदीखोला गाउँपालिकामा पनि मतगणना जारी छ ।


Published :३१ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media