काठमाडौंमा बालेनलाई सुरुवाती अग्रता

राष्ट्रपाटी न्युज

३१ बैशाख २०७९

काठमाडौँ । काठमाडौं महानगरका दुईवटा वडाको मतगणना सुरु भएको छ । वडा नं. १ र वडा नं. ३२ को मतगणना सुरु हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् ।

वडा नं. १ मा ५० मत गन्दा बालेनको लौरोलाई ११, रुखलाई ११ र सूर्यलाई ९ मत परेको छ । त्यस्तै वडा नं. ३२ मा २५ मत गन्दा बालेनलाई ११, रुखलाई ७ र सूर्यलाई ३ मत परेको छ । समग्रमा दुवै वडामा बालेनले २२ मतसहित सुरुवाती अग्रता लिएका छन् ।


Published :३१ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media