बालेनले अग्रता लिएपछि समर्थकहरूको नाराबाजी

राष्ट्रपाटी न्युज

३१ बैशाख २०७९

काठमाडौं । काठमाडौं महानगरपालिको मेयरका उम्मेदवार बालेन शाहले प्रारम्भिक रूपमा अग्रता लिएका छन् । राष्ट्रियसभा गृहमा भइरहेको मतगणना अनुसार शाहले अन्य उम्मदेवारहरूलाई पछि पार्दै अग्रता लिइरहेका हुन् ।

शाहले अग्रता लिएपछि उनका समर्थकहरूले नाराबाजी गर्न थालेका छन् । सुरुवाती अग्रता लिइरहेका बेला उनका समर्थकहरूले ‘जित कसको ? बालेनको’ भन्दै नाराबाजी गर्न थालेका हुन् ।

समर्थकहरूले बालेन शाह एउटा अभियान भएको भन्दै उनको अभियानमा आम जनता सहभागी भइरहेको बताएका छन् । बालेन शाहको अग्रताले देशभर नै तरंग ल्याइरहेको उनीहरूको तर्क छ ।

बालेनको अग्रताले अब यसअघिको राजनीतिक संस्कारबाट चल्न नसक्ने प्रमाणित हुने अवस्था आएको उनका समर्थकको भनाइ छ । बालेनले पाएको भोट अन्य राजनीतिक दलका लागि नो भोटसमेत भएको उनीहरूको भनाइ छ ।

अहिलेसम्मको मतगणनाअनुसार बालेनले ११९ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई एमालेका केशव स्थापितले ९७ मत लिएर बालेनलाई पछ्याइरहेका छन् भने ८७ मतका साथ कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा देखिएकी छिन् ।


Published :३१ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media