ललितपुर महानगरमा चिरिबाबुलाई दोब्बर मतान्तरको अग्रता

ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन दोब्बरभन्दा धेरै मतले अघि बढेका छन् ।

पछिल्लो मतगणना अनुसार महर्जनले ७ सय ६ मत ल्याएका छन् भने एमालेका हरिकृष्ण व्यञ्जनकारले ३ सय ३६ मत ल्याएका छन् ।

महानगरको १ नम्बर वडा कुपण्डोलको मत गणना भइरहँदा नरसिंह व्यञ्जनकारले ५ सय १५ मत ल्याएका छन् । कांग्रेसले यस वडामा ३ सय ४४ मत पाउँदा एमालेका उम्मेदवारले ३ सय मत ल्याएका छन् । मतगणना जारी छ ।


Published :१ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media