एमालेद्वारा गठबन्धनमाथि १५ बुँदे आरोप, निर्वाचनमा धाँधली गरेको ठहर

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा सरकारले योजनाबद्ध धाँधली भएको आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएका हुन् ।

एमालेले आचारसहिंता सच्याउन गरेको आग्रहलाई बेवास्ता गरिएको, निर्वाचन अगाडि गृह प्रशासनको दुरुपयोग गरिएको, मतदानको दिन दर्जनौ स्थानमा बुथ कब्जा गरिएको र मतगणनामा पनि गठबन्धनले धाँधली गरेको एमालेको आरोप छ । एमालेले निर्वाचनप्रति असन्तुष्टि जनाउँदै गठबन्धनमाथि विभिन्न १५ बुँदे आरोप लगाएको छ ।

एमालेद्वारा जारी प्रेस वक्तव्यः


Published :१ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media