कांग्रेसको गढ महाकाली नगरपालिकामा एमाले विजयी

धनगढी । दार्चुलाको महाकाली नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नगरप्रमुखमा एमाले नेता नरसिंह चैसीर र उपप्रमुखमा दुर्गा खत्री विष्टले विजयी भएका हुन् ।

मेयरमा विजयी चैसीरले पाँच हजार १३ मत प्राप्त गरेका छन् । चैसीरसँग पराजित भएका गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार हंसराज भट्टले तीन हजार ८ सय ८७ मत प्राप्त गरे । भट्ट २०७४ को निर्वाचनमा कांग्रेसबाट मेयरमा विजयी भएका थिए ।

उपमेयरमा विजयी विष्टले चार हजार ६ सय २६ मत प्राप्त गर्दा उनीसँग पराजित गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार सुना बोहराले चार हजार १ सय ८२ मत प्राप्त गरिन् । महाकाली नगरपालिका कांग्रेसको गढ मानिएको थियो । त्यो नगरपालिकामा सत्ताधारी दलहरूले गठबन्धन गरेका थिए ।


Published :१ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media