मौसम पूर्वानुमानः आज वर्षाको सम्भावना, भोलि हावाहुरी चल्न सक्ने

काठमाडौं । आज मुलुकका केही क्षेत्रमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान तथा लुम्बिनी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

हाल नेपालमा स्थानीय वायु र भारतको बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखाको प्रभाव छ ।

राति प्रदेश १ र गण्डकीका केही स्थान तथा बागमती र लुम्बिनीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

मंगलबार देशका केही स्थानमा मेघगर्जन र चटयाङ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश १, मधेश र लुम्बिनीका केही स्थान तथा गण्डकी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


Published :२ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media