भक्तपुरमा नेमकिपाको क्लिन स्विप, विपक्षीहरूको जमानत जफत

भक्तपुर । भक्तपुर नगरपालिकाको मेयरमा करिब नौ गुना मतान्तरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार प्रजापतिले २९ हजार दुई सय मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले तीन हजार तीन सय ५२ मतमा सिमित भए । त्यस्तै, उपमेयरमा पनि नेमकिपाकी रजनी जोशीले २९ हजार ६ सय ९५ मत ल्याएर विजयी भएकी छिन् ।

उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी रञ्जना खर्बुजाले २७ सय ८४ मत पाएकी छिन् । यो नगरपालिकामा नेमकिपाले क्लिन स्विप (मेयर, उपमेयर, वडा अध्यक्षहरु, सदस्यहरु सबै) गरेको हो । नगरपालिकामा विपक्षीहरूको भने जमानत जफत भएको छ ।


Published :२ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media