तपाईंको आजको राशिफल

काठमाडौं । ३ जेठ २०७९, मंगलबार । तद्नुसार मे महिनाको १७ तारिख २०२२ । ज्येष्ठ कृष्णपक्ष प्रतिपदा तिथि, कौलव करण, अनुराधा नक्षत्र, शिव योग, चन्द्रमा वृश्चिक राशिमा छ । आज बिहान सूर्योदय ५ः१५ मा भएको छ भने सूर्यास्त ६ः४७ मा हुनेछ ।

आजका देवता मित्र र ग्रहदेव बुध हुन् । मंगलबारको दिन गणेश र हुनमानको साधना गर्ने दिन हो । आज ११ः३४ देखि १ः४३ सम्म अभिजित मुहूर्त रहेको छ । यो समयमा गरिएको शुभकार्य हितकारी हुनेछ भने राहुकाल भएको समयमा शुभकार्य गर्नुहुँदैन । आज ३ः२४ देखि ५ः०६ को समय राहुकाल छ ।

मेषः मेष राशि भएका जातको लागि मंगलबार मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । व्यापारबाटअर्थ लाभ हुनेछ । दैनिक उपभोगबाहेक विलासिताको सामान खरिद नगर्नुहोला । आज देवालयमा गएर खानेकुरा वितरण गर्नु उत्तम हुनेछ ।

वृषः आजको दिन अध्ययन अनुसन्धानमा रुचि र मनमा हर्ष छाउने छ । कुनै नयाँ पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्ने छ । यात्रा चाहिँ कष्टकर हुनेछ । त्यसो त यात्रा गर्नैपर्ने छ भने पूर्वदिशातर्फ फर्केर यात्राको शुरुवात गर्नुहोला । आजको दिन आम्दानीको स्रोत बढ्ने छ ।

मिथुनः मिथुन राशिका जातकका लागि आजको दिन निकै शुभ रहेको छ । व्यापारमा रहेका साझेदारसँग फाइदा हुनेछ । आजको दिन काम गर्दा गणेशको आराधना गरेर काम गर्नुभयो भने काममा सफलता मिल्नेछ । कसैसँग अनावश्यक विवाद हुने काम नगर्नुहोला ।

कर्कटः आज आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपाईंप्रति विरोध गर्नेले सम्मानका शब्दहरु प्रयोग गर्नेछन् । आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला । पारिवारमा साना साना कुरामा विवाद हुनसक्छ । विवाद हुने काम नगर्नु नै उत्तम हुनेछ।

सिंहः सिंह राशिका जातकले आजको दिन मौन रहनु हित हुनेछ । घरपरिवार र मित्रहरुसँग अनावश्यक विवाद नगर्नु होला । अध्ययनअध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । विश्वास गरेको मित्रबाट दुःख र धोका हुनसक्छ । आजको दिन बिहान गणेश वा हनुमानको मन्दिरको दर्शन गर्नाले उर्जा मिल्नेछ ।

कन्याः परिवार र दाम्पत्य जीवनमा सुख, समृद्धि हुने छ । मंगलबार कुनै नयाँ काम शुरुवात र मानसम्मान मिल्न सक्छ । कामको मानसम्मान र व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन उपहार साटाटाट गर्दा फाइदा हुनेछ । कुमारी कन्यालाई भोजन र बस्त्र दान दिनुभयो भने शुभ हुनेछ ।

तुलाः आजको दिन त्यति अनुकुल देखिँदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च व्ययभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । तपाईंले सोचअनुसार काम नहुँदा मनमा अनेक चिन्ता छाउने छ । आजको दिन सकारात्मक सोच राख्नुहोला ।

वृश्चिकः व्यापारबाट लाभ हुने देखिन्छ । स्त्रीबाट साथ सहयोग मिल्ने छ । आजको दिन मित्रसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । परिवारका सदस्यसँग र आफन्तसँग विवाद हुनसक्छ त्यसैले सोचविचार गरेर काम गर्नुहोला । चन्द्रमाको साथ रहेको छ । आज गरेका कार्यहरु सफलतापूर्वक सफल हुनेछ ।

धनुः तपाईंलाई साथ सहयोग दिने कुनै मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा प्राप्त हुनेछ । मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ। ब्यापारमा आजको सफलता मिल्नेछ । आर्थिक कारोबार लाभ भन्दा बढी हानी हुनेछ ।

मकरः मकर राशिका जातकले आजको दिन आध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । मकर राशिका जातकले हरेक साता मंगलबार गणेश मन्दिरमा दर्शन गर्नाले ग्रहदोष कम हुँदै जानेछ । आजको दिन सूर्योदयको दर्शन र जलअभिषेक गर्दा मनमा उर्जा थपिने छ ।

कुम्भः तपाईंले सोचेअनुसारको काममा कठिनाई हुनेछ । आजको दिन बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ । आर्थिक कारोबारमा समस्या हुनसक्छ । विवाद नगरी नियमित काम बाहेक नयाँ काम गर्नुभन्दा पहिले सोच विचार गरेर मात्र गर्नु वेश हुनेछ । दाम्पत्य जीवनमा खुसियाली छाउनेछ ।

मीनः बिहान उठेर सूर्योदयको दर्शन र नजिकैको गणेश मन्दिरको दर्शन गरेर काम गर्दा सफलता प्राप्त हुन्छ । अध्ययन अध्यापनको क्षेत्रमा सोचेभन्दा बढी सफलता मिल्नेछ । आफ्नो काममा ध्यान दिएर योजनाबद्ध ढंगले काम गर्नुपर्ने छ । बिहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला ।


Published :३ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media