ललितपुरमा चिरिबाबुको फराकिलो अग्रता

ललितपुर । ललितपुर महानगरपालिकामा कांग्रेसबाट मेयरका उम्मेदवार चिरिबाबु महर्जनले फराकिलो अग्रता बनाएका छन् । पछिल्लो पटक १३ हजार २१६ मतगणना गर्दा चिरिबाबुले ७ हजार ४१० मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका हरिकृष्ण ब्यन्जन्कारले ३ हजार १९२ मत मात्र ल्याएका छन् ।

उपमेयरमा भने एमालेकी मन्जली शाक्य ३ हजार ८०० मतसहित अगाडि छन् । माओवादीबाट उपमेयर उम्मेदवार बाबुराज बज्राचार्यले २ हजार ३२६ मत मात्र पाएका छन् । यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन छ ।


Published :३ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media