यौन दुर्व्यवहारको आशंकामा बेलायतको कन्जरभेटिभ पार्टीका सांसद पक्राउ

लन्डन  । बलात्कार र यौन दुर्व्यवहारको आरोपमा बेलायतमा कन्जरभेटिभ पार्टीका एक सांसद पक्राउ परेका छन् । सन् २००२ देखि २००९ को अवधिमा दुव्र्यवहार गरेको आरोपमा उनलाई हिरासतमा राखिएको महानगरीय प्रहरीले पुष्टि गरेको छ ।

उनको पहिचान गोप्य राखिएको छ ।

अनुसन्धान भइरहेकाले उनलाई प्रमुख सचेतकले संसदमा उपस्थित नहुन भनेका छन् । उनीमाथि  सार्वजनिक कार्यालयमा विश्वासको पदको दुरुपयोगको आरोप पनि लागेको छ ।

‘सन् २००२ देखि सन् २००९ को अवधिमा गरिएको भनिएको यौन दुर्व्यवहारबारे महानगरीय प्रहरीले सन् २०२० को जनवरीमा एउटा रिपोर्ट प्राप्त गरेको थियो’, महानगरीय प्रहरी प्रवक्ताले भने  ।

उनले अगाडि थपे, ‘अभद्र व्यवहार, यौन दुव्र्यवहार, बलात्कार, विश्वासको दुरुपयोग र सार्वजनिक पदको दुरुपयोग  गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको थियो ।’ (एजेन्सी)


Published :४ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media