सेयर बजारमा २३ अंकको गिरावट

काठमाडौं । सेयर बजार नेप्सेमा बिहीबार २३ अंकले गिरावट आएको छ । बुधबार पनि ८ अंकले ओरालो लागेको नेप्से परिसूचक बिहीबार २३ दशमलव ५१  अंकले ओरालो लागेको हो ।

नेप्सेको सेन्सेटिभ इन्डेक्स ३ दशमलव ८८  अंकले घटेर  ४ सय ३७ दशमलव २१ अंकमा पुगेको छ। बिहीबार नेप्से बजारमा अधिकांश कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ ।

बजारमा १८३ कम्पनीका लगानीकर्ताले ठूलो रकम गुमाएका छन् भने ३१ कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् । बिहीबार नेप्सेमा २१९ कम्पनीको ३७ लाख ९८ हजार २६३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३० करोड ९ लाख ८१ हजार रुपैया बराबरको कारोबार भएको छ ।

बिहीबारको कारोबार रकम बुधबारभन्दा २ करोड ५४ लाखले कमी आएको हो । नेप्सेमा बुधबार १ अर्ब ३२ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।

नेप्से बजारमा मिचुअल फन्टमा लगानीकर्ताबाहेक अधिकांश सेक्टरका लगानी कर्ताले गुमाएका छन् । मिचुअल फन्ट सेक्टरमा शून्य दशमलव ११ अंकको झिनो सुधार आउँदा लाइफ इन्स्योरेन्सको सेक्टरमा १७२ अंकले र नन् लाइफ इन्स्योरेन्सको सेक्टरमा १४३ अंकले ओरालो आउँदा अन्य सेक्टरमा १०० अंकमुनिको गिरावट आएको छ ।


Published :५ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media