ललितपुरमा चिरीबाबुले बनाए फराकिलो अग्रता

काठमाडौं । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता फराकिलो बनाएका छन् ।

उनी ४१ हजार ३८८ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारभन्दा ९ हजारभन्दा बढी मतान्तरले अघि बढेका छन् ।

महर्जनले २१ हजार ३११ मत पाउँदा एमाले व्यञ्जन्कारले १२ हजार १४९ मत प्राप्त गरेका छन् । राप्रपाका अष्ट महर्जनले १ हजार ९७० मत पाएका छन् ।

त्यसैगरी उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार मञ्जली शाक्यको अग्रता कायमै रहेको छ । उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्यभन्दा ३ हजार ५३९ मतान्तरले अघि रहेकी छिन् । मञ्जलीले ११ हजार ९६५ मत पाउँदा बाबुराजको मत ८ हजार ४२६ मात्र छ ।

उपमेयरका अर्का उम्मेदवार स्वर्णिम शाक्यको पक्षमा ३ हजार ३७९ मत खसेको छ ।

ललितपुरमा नेपाली कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर लिएर चुनावी तालमेल गरेका भए पनि नेपाली कांग्रेसको उपमेयर उम्मेदवार नै नभएको रुख चिह्नमा ५ हजार ८०० मत आएको छ ।


Published :६ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media