पनौतीको मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेद्वार निर्वाचित

काठमाडौं । काभ्रेको पनौती नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेद्वार निर्वाचित भएका छन् ।

कांग्रेसका रामशरण भण्डारी १४ हजार ५० मतसहित मेयरमा विजयी भए । निकटतम प्रतिद्वन्द्वी एमालेका भीम न्यौपानेले ११ हजार ७८३ मत पाए ।

यहाँ  कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो ।

उमपेयरमा एमालेकी गीता बन्जारा १२ हजार ३३७ मतसहित विजयी भएकी छन्।  निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका छवीलाल हुमागाईँले १० हजार ३८८ मत मात्र पाए ।


Published :६ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media