बुनपा प्रमुख अधिकारीद्वारा पदभार ग्रहण, सफा बुढानीलकण्ठ, हरित बुढानीलकण्ठ बनाउने उद्घोष

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख मिठाराम अधिकारीले पदभार सुरु गरेका छन् । कार्यभार सुरु गरेसँगै “सफा बुढानीलकण्ठ, हरित  बुढानीलकण्ठ” बनाउने उद्घोष गर्दै उनले सो कार्यक्रममा पहिलो हस्ताक्षर गरेका हुन् ।

जेठ ६ गते बुढानीलकण्ठ नगर प्रमुख पदको सपथ ग्रहणपश्चात् पदभार ग्रहण गर्दै नवनिर्वाचित नगरप्रमुख अधिकारीले नगरपालिकाका सडक र धोवीखोला कोरिडोर क्षेत्रमा हरियाली प्रवर्द्धनका लागि विभिन्न प्रजातिका १० हजार वृक्षारोपण गर्ने बताएका छन् ।

सो अवसरमा बुढानीलकण्ठ नगरपालिकाका नवनिर्वाचित उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछाने, १३ वटा वडाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


Published :७ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media