काठमाडौंमा बालेनले लिए १७ हजार मतको अग्रता,  केशव तेस्रोमा

राष्ट्रपाटी न्युज

जेष्ठ ८, २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकामा एक लाख मत गणना सकिएको छ। अद्यावधिक विवरण अनुसार एक लाख ६ हजार ३५२ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह १७ हजार मतान्तरसहित अग्रता लिइरहेका छन् ।

एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रोमा झरेका छन् ।

साहले ३६ हजार २२६ मत पाउँदा कांग्रेस उम्मेदवार सिर्जना श्रेष्ठ सिंहको मत १९ हजार ९१० रहेको छ भने स्थापित १९ हजार ८५० मतले पछ्याइरहेका छन् ।


Published :जेष्ठ ८, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media