मधेशका मुख्यमन्त्री यादवद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

राष्ट्रपाटी न्युज

मंसिर २१, २०८२

जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले  पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ७ दलीय गठबन्धनबाट मुख्यमन्त्री बनेका नेपाली कांग्रेस संसदीय दलका नेता यादवले पद तथा गोपनियताको शपथ ग्रहण लिएका हुन् ।

मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई एक समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री यादवले भोजपुरी भाषामा शपथ लिएका हुन्।

समारोहमा नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि,पूर्वमुख्यमन्त्री लालबाबु राउत, सरोज कुमार यादव, जितेन्द्र सोनलसहित सहभागी थिए ।


Published :मंसिर २१, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media