इटहरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल विजयी भएका छन् । उनी एमालेका यामकुमार चुङ्गवाङ सुब्बालाई ५ हजार १८ मतान्तरले हराएर मेयर बनेका हुन् ।

पौडेलले ३३ हजार ४९ मत ल्याउँदा सुब्बाले २८ हजार ३१ मत पाए । राप्रपाको आकाश लिम्बुले ३ हजार ९ सय ८ मत पाए ।

उपमेयरमा एमालेकी संगीताकुमारी चौधरी विजयी भएकी छन् । सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टलाई हराउँदै चौधरी उपमेयरमा निर्वाचित भएकी हुन् । चौधरीले ३२ हजार ४ सय ३६ मत पाउँदा विष्टले १८ हजार ३१ मत पाए । ‍


Published :८ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media