७१४ पालिकाको नतिजा सार्वजनिक, कुन दलले कति जिते ?

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ७१४ पालिकाको नतिजा सार्वजनिक गरेको छ । जसअन्तर्गत नेपाली कांग्रेसले ३१४ पालिकामा विजय प्राप्त गरेको छ भने नेकपा एमाले १९२ पालिकामा विजयी बनेको छ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले १२० पालिकामा जित हात पारेको छ भने नेकपा एकीकृत समाजवादीले नौ, जनता समाजवादी पार्टीले २१ र अन्य पार्टीले ५८ पालिकामा विजय प्राप्त गरेका छन् ।

आइतबार बेलुकासम्म निर्वाचन आयोगको केन्द्रीकृत डाटाअनुसार नेपाली काँग्रेसले १२८ पालिकामा प्रमुख पद जितेको छ भने नौ पालिकामा अग्रता लिएको छ ।

यस्तै, नेकपा एमालेले ७१ पालिकामा प्रमुख पद जितेको छ भने १२ पालिकामा अग्रता लिएको छ । नेकपा माओवादी केन्द्रले २४ पालिकामा प्रमुख पद जितेको छ भने दुई पालिकामा अग्रता लिएको छ ।

यसैगरी नेकपा एकीकृत समाजवादीले नौ पालिकामा प्रमुख पद जितेको छ भने दुई पालिकामा अग्रता कायम गरेको छ । अन्य पार्टीले २८ पालिकामा प्रमुख पद जितेका छन् भने छ पालिकामा अग्रता बनाएका छन् ।

गाउँपालिकातर्फ कांग्रेसले १८६ पालिकामा अध्यक्ष पद जितेको छ भने दुई पालिकामा अग्रता लिएको छ। एमालेले १२१ पालिकामा अध्यक्ष पद जितेको छ भने दुई पालिकामा अग्रता लिएको छ । माओवादी केन्द्रले ९६ पालिकामा अध्यक्ष पद जितेको छ भने कुनै पनि पालिकामा अग्रता लिएको छैन ।

जनता समाजवादी पार्टीले २१ पालिकामा अध्यक्ष पद जितेको छ भने कुनै पनि पालिकामा अध्यक्ष पदमा अग्रता बनाएको छैन । यस्तै, अन्य पार्टीले ३० पालिकामा अध्यक्ष पद जितेको भने दुई पालिकामा अग्रता लिएको छ।

त्यसैगरी नेपाली कांग्रेसले १०१ पालिकामा उपप्रमुख पद जितेको छ भने आठ पालिकामा अग्रता लिएको छ । त्यस्तै, एमालेले ९५ पालिकामा उपप्रमुख पद जितेको छ भने १७ पालिकामा अग्रता लिएको छ ।

माओवादी केन्द्रले ३३ पालिकामा उपप्रमुख पद जितेर दुई पालिकामा अग्रता लिएको छ । जनता समाजवादीले ११ पालिकामा उपप्रमुख पद जितेर एक पालिकामा अग्रता कायम राखेको छ । अन्यले २० पालिकामा उपप्रमुख पद जितेका छन् भने तीन पालिकामा अग्रता लिएका छन्। यस्तै, काँग्रेसले १९० पालिकामा उपाध्यक्ष पद जितेको छ भने अग्रता लिएको छैन ।

एमालेले १२२ पालिकामा उपाध्यक्ष पद जितेको छ भने चार पालिकामा अग्रता लिएको छ । माओवादी केन्द्रले ९५ पालिकामा उपाध्यक्ष पद जितेको छ भने कुनै पालिकामा अग्रता लिएको छैन । जनता समाजवादी पार्टीले १९ पालिकामा उपाध्यक्ष पद जितेको छ भने कुनै पालिकामा अग्रता बनाएको छैन ।

अन्यले २८ पालिकामा उपाध्यक्ष पद जितेका छन् भने दुई पालिकामा अग्रता लिएका छन् ।

त्यसैगरी नेपाली काँग्रेसले दुई हजार ५७२ वटा वडामा अध्यक्ष जितेर १० वटा वडामा अग्रता लिएको छ । एमालेले दुई हजार ६२ वटा वडा जित्दा नौ वडामा अग्रता कायम गरेको छ ।

नेकपा माओवादी केन्द्रले एक हजार ३५ वटा वडामा अध्यक्ष जितेको छ । चारवटा वडामा उसले अग्रता लिइरहेको छ। यस्तै, जनता समाजवादी पार्टीले २८१ वटा वडामा अध्यक्ष जितेको छ भने एकवटा वडामा अग्रता लिइरहेको छ ।

त्यसैगरी अन्यले ५६४ वटा वडा जितेका छन् भने दुई वटामा अग्रता कायम गरेको निर्वाचन आयोगले जनाएको छ ।


Published :८ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media