पहाडी भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

राष्ट्रपाटी न्युज

१० जेष्ठ २०७९

काठमाडौं । आज  मुलुकका केही प्रदेशमा वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ र  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश १, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा र बाँकी भूभागका एकरदुई स्थानमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार पनि प्रदेश १ र बागमतीका केही र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ ।

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।


Published :१० जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media