भरतपुरकी मेयर रेणु दाहाल सवारी दुर्घटनामा घाइते

राष्ट्रपाटी न्युज

जेष्ठ १३, २०७९

काठमाडौं । भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) मा नवनिर्वाचित रेणु दाहाल सवारी दुर्घटनामा घाइते भएकी छन् । शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै उनी सवार गाडी पोलमा ठोक्किएर दुर्घटना भएको ललितपुर प्रहरी स्रोतले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकी मेयर दाहालको सुमेरु अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको बताइएको छ ।


Published :जेष्ठ १३, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media