दर्शक नचाए गायक नवीनले

राष्ट्रपाटी न्युज

१४ जेष्ठ २०७९

काठमाडौं । लोकगायक नवीन पौडेलले आफ्ना गीतमार्फत् दर्शकलाई नचाएका छन् । स्काई दरबार क्याफेमा आयोजित एक साङ्गीतिक कार्यक्रममा उनले आफ्ना चर्चित गीत सङ्गीतबाट दर्शकलाई नचाएका हुन् ।

सिंहदरबार मूलगेट अगाडि शुक्रबार साँझबाट सञ्चालनमा आएको ‘स्काई दरबार क्याफे’ उद्घाटनमा गायक पौडेलले ‘मन परेरै हो‘’, ‘लेउ खुकुरी लेउ‘’, ‘के सम्झनु छ र जान्न मत त्यो घर‘’, ‘फुलेको तोरीलाई‘’लगायत गीत प्रस्तुत गर्दा दशक झुमेर नाचेका थिए ।

गायक पौडेलको नयाँ गीत ‘मन परेरै हो मनपरेरै हो‘’ शनिबार सार्वजनिक भएको छ ।

करिब डेढ घन्टा चलेको कार्यक्रममा हास्यकलाकार एवम् जादुगर राजेन्द्र गिरी ‘गुन्द्रुके’ले कमेडी तथा जादुका विभिन्न प्रस्तुतिमार्फत् दर्शकलाई पेट मिची मिची हँसाए ।

अभिनेता आमेस भण्डारी, अभिनेत्री खुस्बु खड्का, गायिका एञ्जिला रेग्मी, डा। घनश्याम खतिवडा, अभिनेता कृष्ण मल्ल, रविन्द्र खड्का लगायतको कार्यक्रमका सहभागिता थियो ।

‘स्काई दरबार क्याफे’ सुभाष खड्काले सञ्चालनमा ल्याएका हुन् । प्रतिपरिकार एक सय रुपैयाँमा दिने सुविधासहित क्याफे सञ्चालनमा आएको हो ।
‘क्याफेमा एक सय परिकारका आइटम छन् । ती सबै सय रुपैयाँका दरले खान पाइने सञ्चालक खड्काले जानकारी दिए । ‘आफूले नाफाका लागि भन्दा पनि सेवाका लागि क्याफे सञ्चालनमा ल्याएको उनको दाबी छ । क्याफेसँगै तीन हजार क्षमताको स्काई दरबार ब्याङ्केटसमेत रहेको छ । जुन खड्काले केही समयअगाडि सञ्चालनमा ल्याएका हुन् ।


Published :१४ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media