१५ औँ गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा विशेष समारोह (फोटो फिचर)

राष्ट्रपाटी न्युज

१५ जेष्ठ २०७९

काठमाडौँ । १५ औँ गणतन्त्र दिवसका अवसरमा सरकारले काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोना गरेको छ । पुष्प वृष्टिका र सुरक्षाकर्मीको कवाजका साथ दिवस मनाइएको हो । कार्यक्रममा हरेक वर्ष जस्तै शान्तिकका प्रतीक परेवा पनि उडाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी १५औँ गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा सरिक हुनुभयो ।

गणतन्त्र दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनासहित संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टिसहित शुभारम्भ भएको सो कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टुकडीले मार्च पास र राष्ट्रियभावका गीतमा संयुक्त ब्यान्ड प्रस्तुत गरेका थियो ।

समारोहमा ‘मेरो टोपी कैलाशको शिर जस्तो….’, बनेको छ पहराले यो छाती मेरो….’ र ‘धेरै छ गर्नु स्वदेशको सेवा नेपाली भन्नलाई…..’ बोलका गीत सङ्गीत गुञ्जिएका थिए । प्रतिकूल मौसमका कारण यस वर्ष विविध जातजातिगत झाँकी र प्रदर्शनी भने राखिएको थिएन ।

सरकारले काठमाडौंको टुँडिखेलमा विशेष समारोहकाबीच गणतन्त्र दिवस मनाएको छ । पुष्प वृष्टिका र सुरक्षाकर्मीको कवाजका साथ दिवस मनाइएको हो । कार्यक्रममा हरेक वर्ष जस्तै शान्तिकका प्रतीक परेवा पनि उडाइएको छ ।

नेपालमा बिक्रम सम्मत २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । त्यही दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते दिवस मनाउने गरिन्छ ।

 

 

 

 

 


Published :१५ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media