तारा एयरको विमान मुस्ताङको कोवाङमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो

राष्ट्रपाटी न्युज

१५ जेष्ठ २०७९

काठमाडौं  । आज बिहानदेखि बेपत्ता भएको तारा एयरको विमान मुस्ताङको कोवाङमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिएका छन् ।

नेपाली सेनाको टोलीले पनि हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको पुष्टि गरेको छ । मध्य कमाण्ड पोखराका कमाण्ड सेनापति बाबुराम श्रेष्ठले मुस्ताङको खासाङ– २ लांकेकोला भन्ने ठाउँमा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको बताए । उनले विमानमा अहिले पनि आगो लागिरहेको जानकारी दिए ।

घटनास्थल पहिचान भए पनि अवस्थाबारे यथार्थ विवरण भने आउन बाँकी रहेको महाप्रबन्धक उनले जानकारी दिए । पोखरा विमानस्थलबाट आइतबार बिहान ९:५५ बजे १९ जना यात्रु लिएर जोमसोमका लागि उडेको ट्‍वीनअटर जहाज सम्पर्कविहीन भएको थियो ।

जहाज उडेको १५ मिनेट पछि सम्पर्कविहीन भएको जानकारी आएपछि नागरिक उड्डयन प्राधिकरण खोजी कार्यमा लागेको थियो ।


Published :१५ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media