काठमाडौंको समस्या सम्बोधनका लागि तत्काल दुईवटा टास्क फोर्स बनाइने

राष्ट्रपाटी न्युज

१६ जेष्ठ २०७९

काठमाडौँ । काठमाडौं महानगरपालिकाभित्र रहेका समस्या तत्काल सम्बोधन गर्न दुईवटा टास्क फोर्स बन्ने भएको छ । महानगरका नवनिर्वाचित मेयर बालेन शाहले महानगरका यावत् समस्या तत्काल सम्बोधनका लागि तत्काल दुईवटा टास्क फोर्स बनाउने निर्णय गरेको बताए ।

सोमबार नगरसभाको पहिलो लाइभ बैठकमा ३२ वटै वडाका जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै मेयर शाहले महानगरभित्रको ढल, पानी, सडकको समस्याको सुनुवाइका लागि कल सेन्टर राख्ने र २ वटा टास्क फोर्समार्फत् तत्काल एक्सन लिने बताए ।

यसका लागि पहिलो चरणमा दुईवटा टास्क फोर्स बनाउने र आवश्यकता अनुसार थप फोर्सहरु बनाउने उनले बताए । महानगरभित्रको पानी, ढल, सडकको मर्मतसम्भार तथा विस्तारको सवालमा संघीय सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभाग, खानेपानी मन्त्रालय लगायतका सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय गरिने जानकारी दिए ।


Published :१६ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media