जहाज दुर्घटनाका मृतकमध्ये दशजनाको शव ल्याइयो काठमाडौं (फोटो फिचर)

राष्ट्रपाटी न्युज

१६ जेष्ठ २०७९

काठमाडौँ । मुस्ताङमा तारा एयरको विमान दुर्घटनाका मृतकमध्ये दश जनाको शव काठमाडौं ल्याइएको छ ।

२२ जना सवार दुर्घटनामा परेको उक्त विमानमा २१ जनाको शव भेटिएको र त्यसमध्ये पहिलो चरणमा दशजनाको शव काठमाडौं ल्याइएको हो ।

प्रतिकूल मौसमका कारण अर्का एकजनाको शव खोजी भइरहेको र भेटाउन नसकिएको मुस्ताङका डिएसपी रामकुमार दानीले बताए । दशजनाको शव नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टर काठमाडौं ल्याएको जनाइएको छ ।

प्रतिकूल मौसमका कारण मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार तारा एयरको जहाज दुर्घटनामा परी २२ जनाको मृत्यु भएको थियो । शवहरूलाई त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमको लागि लगिने जनाइएको छ ।

 


Published :१६ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media