तारा एयर विमान दुर्घटनाः मृत्यु भएका बाँकी १२ शव पनि ल्याइयो काठमाडौँ (फोटो फिचर)

राष्ट्रपाटी न्युज

१७ जेष्ठ २०७९

काठमाडौँ । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका थप १२ जनाको शव आज काठमाडौँ ल्याइएको छ । योसँगै तारा एयरको  ‘टुवीन् अटर नाइन एन–एइटी’ विमान दुर्घटना हुँदा मृत्यु भएको सबै २२ जनाको शव भेटिएको छ ।

विमान आइतबार पोखराबाट जोमसोमबाट जाने क्रममा दुर्घटनामा परेको थियो । विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए । दुर्घटनामा सबैको मृत्यु भएको थियो । बाँकी शवहरूलाई आधार स्थल कोबाङ ल्याएर त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टरद्वारा काठमाडौँ ल्याएको हो ।  १० जनाको शव सोमबार नै काठमाडौँ ल्याइएको थियो ।


Published :१७ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media