बूढानीलकण्ठमा नगर कार्यपालिकाले पुर्णता पायो

राष्ट्रपाटी न्युज

१७ जेष्ठ २०७९

बूढानीलकण्ठ।
बूढानीलकण्ठ नगरपालिकाको कार्यपालिकाले पुर्णता पाएको छ । नगरपालिकामा आज भएको दलित वा अल्पसंख्यक निर्वाचनबाट ३ जना निर्वाचित भए सँगै नगर कार्यपालिकाले पुर्णता पाएको हो ।

आज भएको दलित वा अल्पसंख्यक निर्वाचनमा (नेकपा एमाले) का राम कुमार रोक्का ४३ मत, (नेकपा एमाले) कि सुनिता दर्जिले ४३ मत, (नेकपा एमाले) कि मेन्देक शेर्पाले ४३ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनिहरुका निकटम प्रतिद्वन्दि नेपाली काँग्रेसकि उम्मेद्वार तारा रोक्काले २२ मत मात्र प्राप्त गरेकि थिईन ।

यस्तै महिला सदस्य पदका लागि ज्येष्ठ १४ गते ५ जना निर्विरोध निर्वाचित भएका थिए । निर्वाचनको लागि ५ जनाले मात्र मनोनयनपत्र दाखिला भएकाले सो पदमा प्रतिद्वन्द्वी नभएका कारण सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचित हुने महिला सदस्यहरुमा नेकपा (एमाले) कि रिता दाहाल , रिना श्रेष्ठ, शान्ता ढकाल (पुडासैनी) , राममाया महर्जन र गोमा मंग्रान्ती छन् ।


Published :१७ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media