४०० रुपैयाँले उकालो लाग्यो सुनको भाउ

राष्ट्रपाटी न्युज

१९ जेष्ठ २०७९

काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा १५ रुपैयाँ वृद्धि भएको छ ।

आजका लागि छापावाल सुनको मूल्य ९७ हजार ६०० रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार १०० रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा १ हजार २५० बाट बढेर १ हजार २६५ रुपैयाँ पुगेको छ ।

बुधबार छापावाल सुनको मूल्य ९७ हजार २०० र तेजावी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ तथा चाँदीको मूल्य १ हजार २५० रुपैयाँ प्रतितोला रहेको थियो ।


Published :१९ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media