शासकीय स्वरूप परिवर्तन गर्न राप्रपाको माग

राष्ट्रपाटी न्युज

१९ जेष्ठ २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले शासकीय स्वरूप परिवर्तन गरी अभिभावकीय भूमिकामा राजा राख्न माग गरेको छ । साथै उसले निर्वाचन प्रणालीमा समेत सुधारको माग गरेको छ ।

बिहीबार धुलिखेलमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राजा रहने गरी शासकीय स्वरूप परिवर्तन गर्न प्रस्ताव गरेको हो ।

सो बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भ्रष्टाचार र अस्थिरताको अन्त्यका लागि वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार गरी पूर्ण समानुपातिक संसद, जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाका रूपमा राजा रहने व्यवस्था माग गरेका गरेका थिए ।


Published :१९ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media