बुढानीलकण्ठ-८ मा रहेको सार्वजनिक जग्गा जोगाउन उद्धब खरेल सक्रिय

राष्ट्रपाटी न्युज

२१ जेष्ठ २०७९

बुढानीलकण्ठ।  बुढानीलकण्ठ नगरपालिका वडा नं ८ भङ्गाल नजिक रहेकाे २७ राेपनी जमिन हडप्ने प्रयास भएकाे छ । उक्त जमिन हडप्न मालपाेत, नापी तथा अदालतलाई समेत प्रभावित बनाउने काेसिस भइरहेको छ ।

पछिल्लो समय यस्तो गलत कार्यको विशेष खुलासा गर्दै बुढानीलकण्ठ नगरपालिकाका निवर्तमान प्रमुख उद्धब खरेलले आफ्नाे सामाजिक सन्जालमा लामो स्टाटस लेखेका छन्। उनले सार्वजनिक जमिन हडप्न खाेजेकाे जानकारी आफूलाई फोनमार्फत् आएपछि त्यसबारे बुझ्न आफू सर्वाेच्च अदालतसम्म पुगेकाे बताएका छन् । उनले सर्वोच्चका सह-न्यायाधिवक्ता उद्धब पुडासैनीसँग मुद्दाबारे बुझेको र आगामी साउन ३१ गते सर्वाेच्चमा सोको पेसी रहेकाे जानकारीसमेत गराएका छन् ।

बुढानीलकण्ठ नगरपालिका वडा नं ८ मा रहेकाे १५५ नम्बर कित्ताकाे जमिनबारे सर्वाेच्चमा मुद्दा परेकाे छ ।
यस्तो छ बुढानीलकण्ठ नगरपालिकाका निवर्तमान प्रमुख उद्धब खरेलको स्टाटस –


Published :२१ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media