बुनपा-१० मा विद्या ज्ञवालीको संयोजकत्वमा टोल सुधार समिति गठन

राष्ट्रपाटी न्युज

२१ जेष्ठ २०७९

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका–१० नीलोपुल प्रगतिनगरको विकासका लागि समाजसेवी विद्या सुवेदी ज्ञवालीको संयोजकत्वमा नौसदस्यीय टोल सुधार तदर्थ समिति गठन गरिएको छ ।

फोहोर व्यवस्थापन र वातावरण संरक्षणलगायतका काम गर्न सो समिति गठन गरिएको हो ।

टोलवासीको आज बिहान भएको भेलाले सो समितिको अन्य सदस्यहरुमा आङ्निमा शेर्पा, सुमन उप्रेती, राजन रिमाल, अविनारायण श्रेष्ठ, हरिबहादुर गुरुङ, हिमाल गुरुङ, लक्ष्मी अधिकारी र ममता पोखरेललाई छनोट गरेको छ ।

रुबी टेलरिङ, राई ग्यास पसल र खनाल मेडिकल तथा धोबीखोला करिडोर उत्तर क्षेत्र समेटिएको नयाँ टोल सुधार समितिले आगामी असार मसान्त अगावै अर्काे भेला बोलाई रामजी खड्का नेतृत्वको पुरानो समितिलाई आफ्नो प्रगति विवरण र हरहिसाब पेस गर्न लगाउने जनाइएको छ । सो समितिले शान्ति सुरक्षा, फोहोर व्यवस्थापन र वातावरण संरक्षण, बाटो सुधार, बिजुलीबत्ती जडान आदि कार्य गर्नुका साथै नगरपालिकाको योजनामा आफ्ना सुझाव पेस गर्ने संयोजक ज्ञवालीले जानकारी दिएकी छन् ।


Published :२१ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media