भारतमा ४५ सय थपिए कोरोना सङ्क्रमित, नाैजनाको मृत्यु

राष्ट्रपाटी न्युज

२३ जेष्ठ २०७९

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट थप ४५ सयभन्दा बढी सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा चार हजार ५१८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको सङ्घीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३१ लाख ८१ हजार ३३५ पुगेको अधिकारीहरूले जनाएका छन् ।

त्यसैगरी, कुल मृतकको सङ्ख्या पाँच लाख २४ हजार ७०१ पुगेको र तीमध्ये नौजनाको पछिल्लो एक दिनमा मृत्यु भएको मन्त्रालयले जनाएको छ । भारतमा अहिले २५ हजार ७८२ जना सङ्क्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या अघिल्लो दिनको तुलनामा एक हजार ७३० जना बढी हो । (रासस/सिन्ह्वा)


Published :२३ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media